Isaac彬
26-07-01 19:20

टुल्कु परम्परा :
सर्वप्रथम टुल्कु परम्परा काग्यु परम्पराबाट सुरु भएको देखिन्छ । कम -चङ काग्यु परम्पराका संस्थापक गुरु कर्मापा हुन । उहाँ बाटै टुल्कु परम्पराको सुरुवात भएको देखिन्छ । यो कुनै नित्यवादमा स्थापित सिद्धान्त होइन भनी विद्वानहरु भन्ने गर्दछन । केवल जन्म र मरण सिद्धान्तसंग मात्र आधारित रहेको दावी गरिएको पाइन्छ । यो सिद्धन्तलाई अभिधर्म पिटकमा स्पष्ट गरिएको छ भन्ने पनि दावी रहेको छ । चित्त-चैतसिकको निरन्तर प्रवाहको अनेक प्रयोगहरुद्वारा स्विकार गरिने एउटा परम्परा हो । यस्तो पुद्गल जस्ले वर्तमानमा पनि पुण्य आचरणद्वारा आफ्नो चित्त लाई शुद्ध पारेको छ र मरणकालमा आफ्नो प्रणिधानको वलले परार्थ्को लागि सम्बन्धीत समाजमा नै जन्म ग्रहण गर्ने गर्दछ ।

发布于 广西